Breaking News

उस्ले गर्यो, नामसारी प्रियाको नाममा।


अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली

उस्ले गर्यो, नामसारी प्रियाको नाममा।
घर जग्गा, खेतबारी प्रियाको नाममा।

समय आउँछ र जान्छ, पर्खिदैन भन्दै।
ऊ गर्दैछ, जानकारी प्रियाको नाममा।

हिजो सखारै हो पियारी, बलत्कृत हुँदा।
आज गर्दैछ, खबरदारी प्रियाको नाममा।

जब मुटुको मान्छे, आकाशे तारा भइन।
तब ऊ रोपेछ, हजारी प्रियाको नाममा।

बितेका दिन सम्झिदै, बच्पनाको यादमा।
उस्ले खेलेछ, लुकामारी प्रियाको नाममा।