Breaking News

म तिमिलाई माया गर्छु चोखो अनि नि स्वार्थ प्रेम गर्छु







म तिमिलाई माया गर्छु चोखो अनि नि स्वार्थ प्रेम गर्छु भनेर भन्न सक्दिन, किन भने मेरो प्रेममा पनि केही स्वार्थ पक्कै पनि छ ! मलाई लाग्छ तिमिलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो । स्वतन्त्र रुपमा फुलेको फुलमा भमराले छड्के आँखा लगाउनु तिम्रो भित्री मनको कुरा तिम्रो इच्छ चहनाहरु नबुझीकन म एक्लो मन पराउनु पक्कै स्वार्थ भन्दा परको कुरा होईना तिम्रो स्वतन्त्रतालाई लत्याएर तिमी सँगै बाँच्ना चाहनु मेरो रहर पक्कै स्वार्थ नै हो । तिम्रो एक्लो जिबनमा आफ्नो दुख सुख बाँड्न चाहने मेरो इच्छलाई स्वार्थ होईन भनेर म भन्न सक्दिन तर मेरो स्वार्थ अन्य प्रेम रोगिहरु को भन्दा पृथक, अनौठो र उच्च छ । तिमिलाई अँगालोमा बेर्ने रहर म मा छैन तिमिलाई चुम्बन गर्ने चाह मेरो उद्देश्य भित्र पर्दैन तिमिलाई मेरो प्यास मेट्ने बस्तुका रुपमा ग्रहण गर्नुले मेरो स्वार्थ लाई मुर्त तुल्याउन सक्दैन । यदि तिमिले मेरो स्वार्थलाई यहि रुपमले हेरेकी छौ भने तिमिले गलत बुझ्दैछौ मेरो प्रेमलाई गलत रुपबाट परिभाषित गर्यो र मेरो प्रेमबाट गलत ज्ञान लिई रहेकी छौ, किनकी मेरो प्रेम शारीरिक आकर्षण होईन अन्तर आत्माको भाबनात्मक उपज हो ।म तिमिलाई माया गर्छु , तिमिले प्रमाण खोज्छौ भने मैले शिर झुकाउनु पर्छ किनकी मेरो प्रेमको ठोस प्रमाणहरु छैनन । छाटी चिरेर घाउ बनाउने सहास म मा छैन, नाडी रेटेर रगत बगाउने आँट मनले गर्दैन, शब्दा शब्द मा पैसाको बर्षात गराउने औकाट छैन । मेरो प्रेम भौतिक प्रमाण बाट दुर तर आत्मा संग नजिक छ । संगै बाँच्ने कसम खाना सक्छु तर संगै मर्ने कसम खाना सक्दिन किनकी जीवन हामिले संगै जिए जस्तै हाम्रो मृत्यु एकसाथ असम्भब छ । भोलि म मर्दा न तिमी म संगै जल्न सक्छौ न त तिमी मर्दा म नै तिमिसंग चितामा जल्न सक्छु । यथार्थको धरातल भन्दा पर टेकेर म आबेशमा यस्त बाचा गर्न सक्दिन ।