Breaking News

प्रवासी थारु नेता रेशम चौधरीमा अर्पण||ओह !! थारु |कमैया । ओह ईश्वर..



प्रवासी थारु नेता रेशम चौधरीमा अर्पण
ओह !! थारु
कमैया । ओह ईश्वर..
ओह रेशम चौधरी !!!!
अब त नबोक, आदिबासीको भारी
केवल भरिया बनेर ।।
नाजोत खेत गरीब हरुको
नबगाउ अब समानताको पशिना !!
ओह मुर्ख !!
तिम्रा लुटिएका सबै
टुक्रिएका सपना हरु ।
इत्यादी बचे कुचेका थोत्रे रुमाल
तेत्ती त बचाउ …
फेरी पिडाको आँशु के ले पुस्छौ !!!!?
ओह जोगी !!
अब नघुम फिरन्ते
नजाउ मुग्लान । नसुत पाटीमा
तिम्रो बस्ती नै जलेको बेला ।
नजलाऊ छाती अरुका लागि !!!
ओह नेता
ओह गरीब का बिपी कोइराला
ओह सन्ते दमाइको ईस्वर
ओह थारु हरुको सपना ।।
ओह कम्लहरीको मुक्ती दाता
ओह भोटे हरुको दलाई लामा ।
ओह बहुला काजी !!
अब चाहिन्छ तिमीलाई यो देश
फेरी देश लाई चाहियेको छौ तिमी
फेरी भागेर भुगोल भरी
सपनाको इन्द्रेनी बोकेर
हाम्रा मुक्तिको लागी
अब त फर्क
ओह रेशम चौधरी
कुरी रहेका छन,
तिम्रा सखिया नाँचहरु
धनीराम थारु हरु
जालुभाई हरु
अनी देश लाई माया गर्ने पहिचानबादिहरु !!
(क्रिश्न गुरुङ )