Breaking News

आपसी सहयोग, समन्वय र सदाचार ले थारु एकता गराउनु छ,|| यम बहादुर चौधरी "थारुवाद"



थारु संस्कृती जीवन जिउने विधि हो,
संस्कार ले पोषित बहुमुल्य निधि हो,

नेपाल कै धनी अनि महान हाम्रो संस्कृती,
विविधता मा एकता उदार प्रकृति ,

आत्मिक समृद्धि अनि बिकसित चिरप्रबाह,
संस्कारित अनि परिस्कृत बिचार प्रवाह,

धन्य छ सुवासित हाम्रो थारु संस्कृती,
प्रकृति पुजक, सत्कर्म को सच्चा आकृति,

समेत्छ भेष-भुषा,समाजिक परम्परा,भाषा को विविधता ,
शिष्टता,सम्बाद, धार्मिक संस्कार को शुद्धता

परिवार, समुदाय,अनि थारु वर्ग को सभ्यता,
विवाह, परम्परा,रिति-रिवाज अनि उत्सव को भव्यता,

मानवियता, उदारता, सहिष्णुता लाई
अपनाउनु छ,
आपसी सहयोग, समन्वय र सदाचार ले थारु एकता गराउनु छ,

कविता: यम बहादुर चौधरी